• शुक्रबार, साउन १५ २०८३

काठमाडौंमा कांग्रेसको अधिवेशनः बानियाँ र कार्की भिड्दै


आइतबार, मंसिर १२ २०७८
530
Shares

नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिका लागि आज निर्वाचन हुने भएको छ।

आज उद्घाटन सत्रपछि निर्वाचन हुनेछ। काठमाडौं सभापतिका लागि अहिलेकै सभापति कृष्णसबुज बानियाँ र नेता उपेन्द्र कार्की चुनावी मैदानमा छन्।

बानियाँलाई नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाको समर्थन छ भने कार्कीलाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको समर्थन छ।

काठमाडौंमा सिंह-थापा पक्ष हाबी छन्। वडा, पालिका, प्रदेश सभा र प्रतिनिधि सभामा सिंह-थापा पक्ष हाबी देखिएको थियो।

मंसिर १० मा जिल्ला अधिवेशन गर्ने भने पनि हल नपाएका कारण देखाएर आजका लागि अधिवेशन सारिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार