• बिहिबार, साउन १४ २०८३

गगन थापाः एमाले बरालिएको छ, कांग्रेसले ठिक ठाउँमा ल्याउनुपर्छ


आइतबार, मंसिर १२ २०७८
845
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा एमाले बरालिएकोले कांग्रेसले ठिक ठाउँमा ल्याउनुपर्ने बताएका छन्।

कांग्रेसको शत्रु एमाले नभएको उनले बताए। तर बरालिएको एमालेलाई कांग्रेसले ठिक ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्न योग्य बनाउनुपर्ने उनले बताए।आज काठमाडौं कांग्रेसको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा थापाले महाधिवेशनपछि झन् एमाले बरालिएर आउने टिप्पणी गरेका छन्।

‘एमाले बरालिएको छ, तथ्यहीन कुरा गर्‍यो भने ठिक ठाउँमा ल्याउने तागत कांग्रेसले राख्नुपर्छ। कांग्रेसले ठिक ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्नुपर्छ,’ उनले भने, ‘एमाले हाम्रो शत्रु होइन।’उनले एमाले चितवनबाट फर्केर काठमाडौं आएपछि एमालेसँग जुध्न बाँकी रहेको बताए।

‘एमाले चितवनबाट फर्केर काठमाडौं आइसकेपछि चुनावमात्र होइन त्यसअघि ऊसँग जुध्नुछ। प्रजातन्त्र जोगाउन र संविधान जोगाउन, यो व्यवस्था जोगाउन जुध्नुछ। त्यसका लागि योग्य नेतृत्व कांग्रेसमा आवश्यक छ,’ उनले भने।

थापाले कांग्रेसभित्र पनि सुधार आवश्यक रहेको बताए। ‘कांग्रेसको मुख्य नेतृत्व परिवर्तन हुन जरूरी छ,’ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार