• सोमबार, असोज ५ २०८३

पदाधिकारी र केन्द्रीय सदस्य छान्ने सर्वाधिकार केपी ओलीलाई, भिम रावल असन्तुष्ट


शनिबार, मंसिर ११ २०७८
930
Shares

नेकपा एमालेले नयाँ पदाधिकारी र केन्द्रीय सदस्य छान्ने सर्वाधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।

संगठन विभाग प्रमुख विष्णु पौडेलले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा ओलीलाई दिन गरेको प्रस्तावलाई २३ सय प्रतिनिधि उपस्थित बन्दसत्र हलले पारित गरेको हो। 

चितवनमा दुई दिनदेखि भइरहेको दसौँ महाधिवेशनमा ओलीले आफ्नो नेतृत्वमा सर्वसम्मत नेतृत्व छान्ने कोसिस गरिरहेका छन्। 

आफूलाई उपाध्यक्ष भीम रावलसहितले चुनौती दिएको अवस्थामा अब महाधिवेशन प्रतिनिधिबाटै उनले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार लिएका हुन्।

तर उपाध्यक्ष रावलले भने फरक मत राख्दै महाधिवेशनलाई निर्वाचनतिर लैजान खोजिरहेका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार