• बिहिबार, साउन १४ २०८३

एमालेले थप्यो ४ पदाधिकारी, केन्द्रीय कमिटी अब ३०१ सदस्यीय, पोलिटब्युरो पनि ब्युँतियो


शनिबार, मंसिर ११ २०७८
620
Shares

नेकपा एमालेले पदाधिकारी संख्या बढाएर १९ पुर्‍याएको छ। नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले उपाध्यक्ष २ र उपमहासचिव २ जना थपेर पदाधिकारी संख्या १९ पुर्‍याउने निर्णय लिएको हो।

त्यस्तै एमालेले २२५ सदस्यीय केन्द्रीय समितिलाई बढाएर ३०१ सदस्यीय बनाएको छ। 

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले दिएको जानकारी बैठकले अध्यक्षदेखि सबै पदाधिकारी र केन्द्रीय समिति पनि सर्वसम्मत चयन गर्ने निर्णय भएको छ।

बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरेको छ। त्यस्तै पोलिटब्युरो कमिटी पनि ब्यूँताउने निर्णय भएको छ।

अब केन्द्रीय कमिटीमा ३०१ जना, पोलिटब्युरोमा ९९ जना, स्थायी कमिटीमा ४५ जना, पदाधिकारी (सचिवालय) मा १९ जना हुनेछन्। 

बैठकको निर्णयानुसार एमालेमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ सहित १९ जना रहनेछन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार