गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेल भाेली शनिबार गोरखा आउने भएका छन् ।
जिल्लाकाे विकास निर्माण लगायतकाे बिषयमा कार्यालय प्रमुखहरुसंग छलफल गर्न शनिबार गोरखा आउन लागेकाे उनका प्रेस संयाेजक भरत काेइरालाले सिभिलखबरलाई बताए ।
शनिबार बिहान करिब १० बजे उनि गोरखा आइपुग्ने बताइएकाे छ । कार्यालय प्रमुखहरुसंगकाे छलफलपछि उनि एक सहकारीकाे कार्यक्रममा समेत सहभागी हुने प्रेस संयाेजक काेइरालाकाे भनाई छ ।