• बिहिबार, साउन १४ २०८३

उपाध्यक्षको उम्मेदवार बन्ने गण्डकीका किरण गुरुङकाे उद्घाेस


बिहिबार, मंसिर ९ २०७८
910
Shares

पाेखरा । एमाले स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश कमिटीका ईन्चार्ज किरण गुरुङले दशौँ महाधिवेशनमा पदाधिकारीमा निर्वाचन भए उपाध्यक्षमा उम्मेदवारी  दिने सोच बनाएको बताएका छन् ।

नवौँ महाधिवेशनमा पनि उपाध्यक्षको उम्मेदवार रहेका गुरुङले अहिले सहमतिकै प्रयास चलिरहेको र आफू पनि त्यही पक्षमा रहेकाले उम्मेदवारी दिने अन्तिम टुंगोमा भने पुगिनसकेको बताए । 

सबै सहमतिकै पक्षमा रहेकाे र सहमतिको प्रयास पनि चलिरहेको बताउदै उनले सहमति नभए चुनावी प्रतिस्पर्धाको आफु उपाध्यक्षकै आकांक्षी रहेकाे बताएका हुन ।
 
उनले केन्द्रीय कमिटीमा आकांक्षीको संख्या अधिक रहेकाले चुनावी प्रतिस्पर्धाको सम्भावना प्रवल देखिएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार