• बिहिबार, साउन १४ २०८३

नेकपा एमाले उपमहासचिवमा विन्दा पाण्डेको दाबी


बिहिबार, मंसिर ९ २०७८
725
Shares

नेकपा (एमाले) की केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाकी सांसद विन्दा पाण्डेले पार्टीको उपमहासचिवमा दाबी गरेकी छन्।

चितवनमा शुक्रबारदेखि सुरू हुने एमालेको दशौं महाधिवेशनमा आफूले उपमहासचिवमा उठ्ने तयारी गरिरहेको पाण्डेले बताइन्।

‘म पार्टीको उपमहासचिवका लागि योग्य छु,’ पाण्डेले सेतोपाटीसँग भनिन्,‘सहमति गरेर मनोनयनको व्यवस्था नै नगरे अर्को कुरा नत्र म उपमहासचिवमा उम्मेदवारी दिन्छु।’

नेकपा एमालेमा १५ जना पदाधिकारी हुने व्यवस्था छ। १५ जनामध्ये कम्तीमा पनि एक तिहाइ महिला पदाधिकारी हुनु पर्ने माग उठिरहेको छ।

एमालेका केही नेताहरूले अहिले पार्टी चौतर्फी घेराबन्दीमा रहेकाले दशौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व छान्नु पर्ने बताइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार