
गोरखा । महाधिवेशनकाे पूर्वसन्ध्यामा गोरखा अस्पताल परिसरमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियू) ले सरसफाई गरेको छ ।
आसन्न १०औं महाधिवेशनको स्वागतस्वरुप केन्द्रीय कार्यक्रम अनुसार गोरखा अस्पताल वरपर सरसफाई कार्यक्रम सम्पन्न गरिएको अनेरास्ववियु गोरखाका अध्यक्ष सुजन सिंखडाले जानकारी दिए ।
पार्टीका विभिन्न तहका पदाधिकारीहरुले बुधबार बिहान ७ बजेदेखि ९ बजेसम्म अस्पताल र अस्पताल परिसरमा सरसफाई गरिएको अध्यक्ष सिँखडाले जानकारी दिए ।
३० जना भन्दा धेरै विद्यार्थीहरु सहभागिता रहेको उक्त कार्यक्रममा कुहिने र नकुहिने फोहरलाई अलग अलग व्यवस्थापन गरिएको थियो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव कृष्ण नेपाली, अस्पताल बिकास समितिका सदस्य देवराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।