• बिहिबार, साउन १४ २०८३

म समाजसेवाका लागि राजनीति गर्न चाहन्छुः रेनशा बान्तवा


बुधबार, मंसिर ८ २०७८
1.1K
Shares

काठमाडौं । चलचित्र निर्देशक तथा कोरियोग्राफर रेनशा बान्तवा राई सक्रिय रुपमा राजनीतिमा लाग्ने तयारीमा छन् ।

केही दिनदेखि इलाममा दौडधूप गरिरहेकी रेनशाले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्नका लागि इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकी छन् ।

रेनशाले सामाजिक सेवाका लागि आफू राजनीतिमा आउन लागेको बताइन् । ‘म समाजसेवाका लागि राजनीति गर्न चाहन्छु । फेरि, राजनीतिको अवस्था फेर्नका लागि युवापुस्ता यहाँ नआई पनि हुँदैन ।

यसैले म राजनीतिमा सक्रिय हुन लागेकी हुँ,’ उनले भनिन् ।रेनशा कांग्रेस कार्यकर्ता नरेन्द्रकुमार बान्तवाकी छोरी हुन् । उनले गाउँ र जिल्लामा आफूले योगदान गर्ने सोचका साथ राजनीतिमा लाग्ने तयारी गरेको पनि बताइन् ।

चलचित्रको करिअर भने सुखद् ढंगले नै अगाडि बढाइरहेकी रेनशाको दोस्रो चलचित्र ‘आई एम ट्वान्टी वान’ रिलिजको तयारीमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार