?????????????????????????????????????????????????????????
लमजुङ्ग । नेपाली कांग्रेस लमजुङको सभापतिमा डा.टकराज गुरुङ निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनबाट सभापतिमा विजयी बनेका गुरुङ पार्टी सभापति शेरबहादुर देउवा निकट मान्छिन्।
कांग्रेस लमजुङको उपसभापतिमा आनन्द घिमिरे र श्रीकान्त घिमिरे, सचिवमा विमल श्रेष्ठ र कृष्णबहादुर अधिकारी विजयी बनेका छन्।
सहसचिवमा नरबहादुर गुरुङ र विश्व पौडेल निर्वाचित भएका कांग्रेस लमजुङले जनाएको छ।