• बिहिबार, साउन १४ २०८३

सडक दुर्घटनामा गोरखाका बिधार्थी नेताकाे मृत्यु


बुधबार, मंसिर ८ २०७८
625
Shares

गोरखा । माओबादी केन्द्र निकट अखिल क्रान्तिक्रारी पालुङटारका संयोजक सुवर्ण देवकोटाको सडक दुर्घटनामा परि मृत्यु भएको छ ।

तनहुँको डुम्रे–बेसीशहर सडक खण्डमा देवकोटा सवार स्कुटरलाई बसले ठक्कर दिदा उनको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।

पालुङटार नगरपालिकाको ४ निवासी २४ वर्षिय विद्यार्थी नेता देवकोटाको बाईसजाँगरबाट डुम्रे तर्फ जाँदै गर्दा उनी सवार स्कुटीलाई बसले ठक्कर दिएको तनहुँ प्रहरीले जानकारी दिएको हो ।

बाईसजाँगरमा ना. ६ ख ९१३४ नम्बरको यात्रु बाहक वसले देवकोटा सवार बा. ४५ प २३८ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिए ।

ठक्कर दिने बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको तनहुँ प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार