• शनिबार, साउन ९ २०८३

सामाजिक सञ्जालमा प्रियंका चोपडा र निक जोनसबिच अड्कलबाजी


मंगलबार, मंसिर ७ २०७८
1.4K
Shares

अभिनेत्री प्रियंका चोपडा तथा गायक निक जोनसको सम्बन्धका बारेमा पछिल्लो समय बलिउडसँगै हलिउडमासमेत चर्चामा हुन थालेको छ।

प्रियंका र निक बलिउडसँगै हलिउडमासमेत चर्चित जोडीमा पर्छन्। यसैबीच सोमबार प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम अकाउन्टको बायो एकाएक परिवर्तन गरेपछि विभिन्न खाले अड्कलबाजी हुन थालेका छन्।

उनले बायोबाट निकको सरनेम जोनस हटाएकी छिन्। उनले पति निक जोनसको साथसाथै आफ्नै सरनेम चोपडा पनि निकालेकी छन्।

प्रियंकाले आफ्नो बायोबाट जोनस हटाएपछि सम्बन्धविच्छेद त भएको होइन भन्दै अहिले सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी हुन थालेका छन्।

कतिपय मिडियाहरूले उनीहरूबीच डिर्भोसनै हुन लागेकोसमेत बताएका छन्। केहीले निकको परिवारले उनलाई प्रियंकासँग सम्बन्ध विच्छेद गर्न सल्लाह दिएकोसमेत उल्लेख गरेका छन्।

यसअघि यो जोडी तिहारमा एक साथ देखिएको थियो। उनीहरू दुबै जना मिलेर घरमा दिपावली सेलिब्रेट गरेका थिए।

यसैबीच उनले आफूले अभिनय गरेको हलिउड फिल्म ‘दि म्यट्रिक्स ४’ को पोष्टर सेयर गरेकी छन्। प्रियंकाको यो फिल्म आगामी डिसेम्बर १२ मा रिलिज हुने भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार