
गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन डिसेम्बर १५ तारिखमा हुने भएको छ । १० औं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बर १९ र २० मा हुने त्यो अगावै निर्वाचन हुने संघले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै जनाएको हो ।
अध्यक्ष कुमार पन्तले जारी गरेको विज्ञप्तिमा संघले प्रस्तुत गरेको मार्गचित्रमा परराष्ट्र मन्त्री डा. नारायण खड्काले दिएको सकारात्मक प्रतिक्रिया र संघका विभिन्न बैठकले गरेका औपचारिक निर्णयहरुको आधारमा निर्वाचन मिति तोकिएको उल्लेख छ ।
महाधिवेशन प्रतिनिधिहरुको सूची निर्वाचन समितिलाई शुक्रबार नै बुझाइने समेत विज्ञप्तिमा लेखिएको छ ।