• बिहिबार, साउन १४ २०८३

नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै


सोमबार, मंसिर ६ २०७८
565
Shares

काठमाडौं । १० औं महाधिवेशनको तयारीमा व्यस्त रहेको नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्न लागेको हो ।

बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषय पनि बैठकको एजेण्डा रहेको उनले जानकारी दिए ।
निर्वाचित भएर आएकाबाहेक पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ ।

यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजना हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा २ हजार बढी प्रतिनिधिहरू सहभागी हुँदैछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार