• बिहिबार, साउन १४ २०८३

नेविसंघका नेता १९ बर्षिय मियाँ बने बाग्मतीमा प्रदेश महाअधिवेशन प्रतिनिधी


आइतबार, मंसिर ५ २०७८
1.2K
Shares

काठमाण्डाै । काठमाण्डाैको एक प्रदेश क्षेत्रमा १९ वर्षीय किशोर चुनावै लडेर प्रदेश महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । नेपाल बिधार्थी संघकाे राजनितीमा सकृय सुल्तान मियाँ अत्याधिक मतसहित बागमती प्रदेश महाधिवेशन प्रतिनिधीमा विजयी बनेका हुन ।

मियाँ नेपाली कांग्रेस काठमाण्डाै क्षेत्र नम्बर ७ (ख) बाट प्रदेश महाधिवेशन प्रतिनिधिमा खसेकाे मतकाे करिब ८३ प्रतिशत मत ल्याएर निर्वाचित भएका हुन् । आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत मियाँले आफू स्कुलदेखि नै कांग्रेसमा आवद्ध भई राजनीतिमा लागेकाे बताए ।

विजयी बनेका मियाँले नेपाली राजनीतिमा नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण भएको र यसले मुलुक परिवर्तनमा अग्रणी भूमिका खेलेको हुँदा आफूले कांग्रेस पार्टीलाई राजेको समेत बताएका छन्।

उनले अबको कांग्रेस समय, परिस्थित, देश र जनताका लागि समर्पित हुने खालको हुनु पर्ने भन्दै त्यसमा आफूले पनि सकेको योगदान पु¥याउने बताए। उनि नेपाल बिधार्थी संघ गोरखाका जिल्ला कार्य समिति सदस्य समेत हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार