• बिहिबार, साउन १४ २०८३

माओवादी केन्द्रले गोरखामा सक्याे अधिकांश वडामा सम्मेलन


शनिबार, मंसिर ४ २०७८
750
Shares

गोरखा । गोरखामा माओवादी केन्द्रले अधिकांश वडामा सम्मेलन सकेकाे छ । जिल्ला अध्यक्ष लेखबहादुर थापाका अनुसार शनिबार एकै दिन करिब ८५ वटा वडामा सम्मेलन सम्पन्न भएकाे छ ।

चुमनुब्रीको केही वडा र तल्लो भेगको कुनै कुनै वडामा प्राविधिक कारणबस शनिवार सम्मेलन हुन नसकेकाे उनकाे भनाई छ । दुई नगरपािलकासहित ११ वटा स्थानीय तह रहेकाे गोरखामा ९४ वटा वडा छ ।

सम्मेलनका क्रममा वृहत छलफल गरेर सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको अध्यक्ष थापाले बताए ।

वडा वडामा सम्मेलन गरेर कार्यकर्ता भेला गराई सम्मेलन गर्न सबै पाटी कमिटिलाई निर्देशन गरे अनुसार कार्यक्रम भएको जिल्ला अध्यक्ष थापाले बताए ।

माओवादी केन्द्रले शनिवार वडा सम्मेलन, मंसिर ११ गते नगर तथा पालिका सम्मेलन, २५ गते प्रदेश सम्मेलन र पुस ११ देखि १३ गते सम्म माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको मिति तय गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार