गोरखा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (अनेरास्ववियू) को गोरखा नगरपालिका स्तरिय भेला सम्पन्न भएको छ ।
युनियनका जिल्ला अध्यक्ष सचिन भट्टराईको अध्यक्षतामा भएको भेलाले प्रवेश श्रेष्ठको नेतृत्वमा नगर कमिटी समेत गठन गरेको छ ।

जसको उपाध्यक्षमा प्रबिन बस्नेत, सचिवमा करुन गुरुङ, सह सचिव जितेन गुरुङ र कोषाध्यक्ष कृस्टिना श्रेष्ठ चयन भएका छन् । नेकपा एसका गोरखा अध्यक्ष यादव बस्नेतको प्रमुख आतिथ्यतामा भएको भेलाबाट २५ सदस्सिय नगर कमिटि बनाइएको बताइएको छ ।