• बिहिबार, साउन १४ २०८३

गोर्खा सैनिकको समान पेन्सन मुद्दामा बेलायती संसदमा बहस हुने


शनिबार, मंसिर ४ २०७८
2.1K
Shares

भूतपूर्व गोर्खाको समान पेन्सनसम्बन्धि मुद्दामा आगामी सोमबार (नोभेम्बर २२) का दिन बेलायती संसदमा बहस हुने भएको छ।

भूपू गोर्खाले बेलायती सैनिकसरह समान पेन्सन पाउनुपर्ने माग राख्दै गोर्खा संगठनले चरणवद्द आन्दोलन गर्दै आइरहेका छन्। 

भूपू गोर्खाले समान पेन्सन पाउनुपर्ने माग राख्दै शुरु गरिएको अनलाईन हस्ताक्षर (पेटिसन) मा १ लाख भन्दा बढीले हस्ताक्षर गरेपछि यो विषयले बेलायतको संसदमा औपचारिक छलफलको प्रवेश पाएको हो। 

गत जुलाईमा रोय बिङ्कलेले गोरखालाई ब्रिटिश समकक्षीसरह पेन्सन दिन माग गर्दै अनलाइन हस्ताक्षर संकलन अभियान शुरु गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार