• बिहिबार, साउन १४ २०८३

नेकपा माओवादी केन्द्रको पार्टी सदस्य करिब ८ लाख पुगेको केन्द्रको दाबी


शुक्रबार, मंसिर ३ २०७८
720
Shares

३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी सदस्य संख्या करिब ८ लाख पुगेको दाबी गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले यस्तो जानकारी दिएका हुन् । तर, अझै यो संख्या बढ्न सक्ने उनले बताएका छन् ।

‘देशभरी पार्टी सदस्यको संख्या करिब ८ लाख पुगेको छ । डिजिटल गर्ने र सर्भरहरुबाट आउनुपर्ने भएकाले केही बाँकी छ । त्यसकारण यकिन कति भन्ने पछि फाइनल आउँछ’ श्रेष्ठले भने ।
केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा ७ सदस्यीय, पालिकामा ५ सदस्यीय र वडा तहमा ३ सदस्यीय निर्वाचन समितिहरु समेत गठन गरेको छ ।

मंसिर ११ गते सबै पालिकाहरुमा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुँदैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन हुँदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार