• बिहिबार, साउन १४ २०८३

एमालेले महाधिवेशन प्रचारका लागि देशभर मोटर साईकल ¥याली गर्ने


बिहिबार, मंसिर २ २०७८
1.2K
Shares

एमालेले महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गर्ने भएको छ।

दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले चितवनमा हुने महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली गरिने जानकारी दिएका हुन्। र्‍याली यही मङ्सिर ७ गते हुनेछ।

महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले विशेष गरी काठमाडौँ–चितवन, बुटवल–चितवन र वीरगञ्ज–चितवन लक्षित गर्दै मोटरसाइकल र्‍याली गर्ने तयारी गरिएको बताए।

एमालेले ‘मङ्सिर १० गते १२ बजे नारायणगढ जाऔँ’ भन्ने आह्वान गर्न र्‍याली आयोजना गर्न लागेको हो। बागमती, लुम्बिनी र प्रदेश नं २ का प्रादेशिक पार्टी र जनसङ्गठनको तहबाट र्‍यालीको संयोजन हुने भट्टराईले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार