
गण्डकी प्रदेश सरकारले पोखरालाई देशलाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारसँग अनुरोध गर्ने भएको छ।
गण्डकी सरकारको कात्तिक २९ गतेको बैठकले पर्यटकीय राजधानीको मापदण्ड बनाउन प्रदेशको उद्योग पर्यटन मन्त्रालयलाई जिम्मा समेत दिएको छ।
बोलीचालीमा पोखरालाई पर्यटकीय राजधानी भनिँदै आएपनि घोषणा भने हुन सकेको छैन।
सरकारले पर्यटनको पुनरुत्थान तथा आर्थिक उत्थान गर्न दातृ निकायसँग सहकार्य गर्न सहमति दिन केन्द्र सरकारसँग आग्रहसमेत गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधारमन्त्री कुमार खड्काले जानकारी गराए।
उनका अनुसार पर्यटन प्रवद्र्धनमा साझेदारी अन्तर्राष्ट्रिय संस्थाले रुचि देखाए पनि संघ सरकारको स्वीकृति नहुँदा काम रोकिएको छ।