
गोरखा । गोरखा क्षेत्र नं २ को प्रदेश सभा (ख) मा रकम बाँडफाँड भएको छ । प्रत्यक्ष निर्वाचित सांसद प्रकाशचन्द्र दवाडीको अध्यक्षतामा समानुपाती सांसदहरु मनकुमारी गुरुङ, धनमायाँ लामा पोखरेल र पुर्वाधार बिकास कार्यालयका प्रमुख ओजराज ढुङगा सहितको बैठकले आव २०७८/०७९ का लागि २ करोड रुपैयाँ बराबरका योजना र कार्यक्रम छनौट गरेको हो ।

गण्डकी प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७८ अनुसार रकम बाँडफाँड गरिएको कार्यालयका इन्जिनियर अजय श्रेष्ठले जानकारी दिए । उक्त क्षेत्रमा पर्ने बारपाक सुलिकोट, अजिरकोट र सिरानचोक गाउँपालिकामा विभिन्न ३० वटा योजनामा बजेट छुट्याएको छ । सबै भन्दा धेरै बारपाक सुलिकोटमा १७, अजिरकोटमा ७ वटा र सिरानचोकमा ६ वटा गरी कुल ३० वटा योजनामा सांसदहरुले बजेट बिनियोजन गर्ने निर्णय गरेका छन् ।

बारपाक सुलिकोट वडा नं २ को थालिडाँडा पोङ्क पदमार्ग तथा मान्द्रे स्कुलको स्टेज निर्माण लागि १० लाख, वडा नं ४ को सुलिकोट सौरपानी यूवा संञ्जालको भवन निर्माणको ६ लाख, वडा नं ७ को शैलपुत्री मा.विको खेलमैदान निर्माणका लागि ७ लाख र वडा नं. २ को अलगाउ, तुम्सिका सामुदायिक भवन निर्माण गर्न ६ लाख रकम छुट्याइएको छ ।

यसैगरी वडा नं ४ सौरपानीमा केउरा अल्लो तथा जडीबुडी संकलन तथा प्रशोधन केन्द्र सामाग्री खरिद तथा निर्माणको लागि ५ लाख, वडा नं २ बारपाकमा शिव मन्दिर निर्माणको लागि १२ लाख ६६ हजार, सोही ठाउँको इस्नान सामुदायिक मण्डलीको रेलिङ्ग आँगन घेराबारको तथा चर्पी निर्माणका ८ लाख र वडा नं ६ को सुलिकोटमा खुम्चे गुम्बा निर्माण गर्न ६ लाख रुपैया छुट्याइएको छ ।


वडा नंं. ३ स्वाँरामा स्तुल खोला प्रा.विको रिटेनिङ्ग वाल निर्माणका लागि ६ लाख, वडा नं १ को संस्कार कृषि तथा पशुपंक्षी फर्म निर्माणको लागि ४ लाख, वडा नं ३ स्वाँराको काफल डाँडा चिहान ट्रस्ट तथा सामुदायिक भवन मर्मत गर्नको निम्ति ७ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै वडा नं. ५ को जलकन्या तथा चन्द्रकला विद्यालय घेराबारको लागि ८ लाख, वडा नं ४ सौरपानीको स्मृति कृषि फर्म (बाख्रा खरिद तथा पूर्वाधार निर्माण) गर्न १५ लाख, सोही वडाको थानी प्रा.वि घेराबार तथा शिवशक्ति क्लब खेलमैदान निर्माणका लागि ६ लाख, वडा नं. ३ स्वाँराको देवडाँडा मञ्जुश्री युवा क्लब भवन तथा खेलकुद मैदान निर्माणका लागि ७ लाख र वडा नं ४ सौरपानीको अब्राहम कृषक फर्म निर्माणको लागि ५ लाख छुट्टाइएको छ ।
त्यसैगरी अजिरकोट गाउँपालिका ४ सिम्जुङ्गको ताप्ले बुद्ध ज्योती युवा क्वल खेलमैदान निर्माणको लागि ४ लाख, सोही वडाको साझेदारी कृषि तथा पशुपन्छी फर्म भौतिक पूर्वाधार निर्माण ५ लाख, वडा नं ३ हंसपुरको टुटुवान समाज घर निर्माणका ८ लाख, वडा नं १ को मिलिम बेसी, घट्टैखोला, पात्ले सिम्जङ्ग हुँदै गाउँपालिका जोड्ने मोटर बाटो निर्माणको ८ लाख, वडा ५ मुच्चोकको चौतारा जेष्ठ नागरीक समुहद्धारा मन्दिर निर्माण (लक्ष्मीनारायण मन्दिर) को लागि ४ लाख, सोही वडाको मल्ले आमा समुह भवन मर्मत, खेलमैदान तथा ढल व्यवस्थापन गर्न ६ लाख र वडा नं २ खरिबोटको खिम्पु गुम्बा निर्माणको लागि ५ लाख रकम छुट्टाइएको छ ।


यता सिरानचोक गाउँपालिका १ भिरसिंह केरवारीको खेल मैदान निर्माण तथा खेल सामाग्री खरिदको लागि ६ लाख ६६ हजार, वडा नं ५ चित्रेपोखरीको कैलाश कृषि पशुपन्छी तथा माछा फर्मको पूर्वाधार निर्माणका लागि ५ लाख, वडा नं ७ श्रीनाथकोटको गुरुङ समाज चियान डाँडा निर्माणका ५ लाख, वडा नं ३ हर्मीको प्रगती महिला जागरण सापकोटा गाँउ महिला समूह भवन निर्माण गर्न ८ लाख, वडा नं ४ छोप्राकको फिरपिरे आरुबाटे भवन निर्माणका लागि ४ लाख र सिरानचोक वडा नं ६ गाँखुको लालिगुँरास महिला समूह भवन निर्माणको लागि ४ लाख रकम छुट्याइएको छ ।
यसैगरी प्रशासनिक तर्फ ६ लाख गरी कुल २ करोड रुपैयाँ बाँडफाँड गरिएको पूर्वाधार बिकास कार्यालय गोरखाले जानकारी दिएको छ । प्रदेश सभाका ४ वटा निर्वाचन क्षेत्र रहेको यहाँ अन्य तीन वटाको पनि केही दिनमा रकम बाँडफाँड हुने बताइएको छ ।