
गोरखा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको कारण आज (मंगलबार) बिहानैदेखि गोरखासहित देशका विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ।
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको बिरोधमा चरणबद्ध कार्यक्रम गर्दै आएको नेकपाले आजका लागि नेपाल बन्द आह्वान गरेको हो।
बन्द आह्वानका कारण बिहानैदेखि गोरखा बजार क्षेत्र सुनसान छ । सार्वजनीक गाडी चलेका छैनन् । काउन्टरहरु बन्द छन् । पसलहरु पनि खुलेका छैनन् । तर फाट्टफुट्ट निजी सवारी साधन चलेका छन् ।
नेकपाले केहिदिन अघि बिज्ञप्ती प्रकाशित गरेर यातायात, विद्यालय, होटल, रेष्टुरेन्ट, किराना पसल सबै बन्दको आह्वान गरेकाे थियाे ।
बन्दकै कारण जिल्लाका बिधालयहरुमा सञ्चालन भइरहेकाे परिक्षा समेत प्रभावित बनेकाे छ ।