• बिहिबार, साउन १४ २०८३

गण्डकी प्रदेशका १२ नेताले छाडे विवेकशील साझा पार्टी


सोमबार, कार्तिक २९ २०७८
1K
Shares

गण्डकी प्रदेशमा विवेकशील साझा पार्टीका १२ नेताले एकसाथ पार्टी परित्याग गरेका छन्। 

अध्यक्ष रवीन्द्र मिश्रले ‘एकलौटी रूपमा पार्टी चलाउन खोजेको’ आरोप लगाउँदै उनीहरूले आइतबार संयुक्त रूपमा पार्टी छाडेको घोषणा गरेका हुन्। 

केन्द्रीय सदस्य दीपक पौडेल, युवा संगठनका केन्द्रीय सदस्य प्रकाश आचार्य, गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, संगठन विभाग प्रमुख पदम न्यौपाने, तनहुँ जिल्ला संयोजक एवं प्रदेश सदस्य सागर घिमिरे, युवा संगठन केन्द्रीय सदस्य मनिषा मगर, व्यास नगर संयोजक सलमान अली, युवा संगठनका केन्द्रीय सदस्य महेन्द्र आचार्य, स्याङ्जा जिल्ला संयोजक भिमनारायण कोइराला, तनहुँको म्याग्दे गाउँपालिका संयोजक विश्वराज अछामे र विप्लता ढुंगानाले संयुक्त विज्ञप्तिमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन्।

पार्टीका अध्यक्ष मिश्रले एकताको मर्मविपरीत एकल दस्तावेज सार्वजनिक गरी पार्टीको विधानविपरीत कार्य गरेको उनीहरूको आरोप छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार