• बिहिबार, साउन १४ २०८३

याम बहादुर मल्लले दिए पर्वत कांग्रेसको सभापतिमा उम्मेदवारी


सोमबार, कार्तिक २९ २०७८
765
Shares

कुश्मा । नेपाली कांग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले पर्वत कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

पर्वत कांग्रेसको कोषाध्यक्ष समेत रहेका मल्लले बिहीबार औपचारिक रुपमा पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफूलाई जिल्ला सभापतिमा मतदान गरेर विजयी बनाउन क्षेत्रीय प्रतिनिधिहरूसँग अपील गरेका छन् ।

‘हामीहरू यतिखेर नेपाली कांग्रेसको ऐतिहासिक १४औं महाधिवेशनको विशेष सन्दर्भमा छौं’, उनले भने, ‘यो महाधिवेशन पार्टी निर्माण र रूपान्तरणको निर्विकल्प माध्यम हो भन्ने कुरामा यहाँहरू जानकार नै हुनुहुन्छ ।’

उनले भने, ‘पार्टीको १३औँ महाधिवेशनमा जिल्ला कोषाध्यक्षका रूपमा यहाँहरूले मलाई जुन पदीय जिम्मेवारी प्रदान गर्नुभएको थियो, त्यो जिम्मेवारीलाई मैले सम्पूर्ण पक्षबाट पूरा गरेको छु भन्ने कुरामा म विश्वस्त छु ।’

‘यो महाधिवेशनमार्फत पार्टीलाई अझै सुदृढ र सु–संगठित गर्दै आसन्न आम निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउने संकल्प र अठोटसहित मैले पर्वत जिल्लाको पार्टी सभापति पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छु’, युवा नेता मल्लले भनेका छन् ।

‘पार्टीमा देखिएको ध्रुवीकरण र गुटबन्दीलाई अन्त्य गर्दै सबै नेता कार्यकर्ताहरूमा आपसी एकता, सहकार्य र सहअस्तित्वको निर्माणगर्ने मेरो एउटै लक्ष्य र उदेश्य हुनेछ’, उनले भनेका छन् ।

‘पार्टी निर्माणको यो ऐतिहासिक महाअभियानमा नेतृत्वको लागि मैले प्रस्तुत गरेको सभापतिको उम्मेदवारीलाई यहाँहरूको साथ, सहयोग र समर्थन रहने पूर्ण अपेक्षा गर्दछु’, कोषाध्यक्ष मल्लले भनेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार