
गोरखा । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै गोरखाका कानुन ब्यवशायी समेत आन्दाेलनमा उत्रिएका छन् ।
नेपाल बार यशोसियसन गोरखाको नेतृत्वमा आज आइतबार जिल्ला अदालत अगाडी गोरखाका कानुन ब्यवशायीले हातमा कालोपट्टी बाँधेर एक घण्टा धर्ना दिएका हुन ।
न्यायपालिकाको बिकृती, बिसंगती, भष्ट्राचार बिरुद्धको अभियान अन्तगत एशाेसियसनले देशब्यापी कार्यक्रम गरिएको र गोरखामा समेत आनदाेलनलाई समर्थन गर्दै जिल्ला अदालत अगाडी एक घण्टा धर्ना दिइएको बार यशोसियसन गोरखाका सचिव स्थानेश्वर दुवाडीले जानकारी दिए ।
उनका अनुसार आज दिनभर जिल्लामा कृयाशिल कानून ब्यवसायीले हातमा कालाे पट्टी बाँधेर काम गर्ने कार्यक्रम समेत रहेकाे छ ।