• बिहिबार, साउन १४ २०८३

प्रेस सेन्टरकाे गण्डकी प्रदेश कमिटीमा गोरखाका ३ जना चयन, अरु जिल्लाका काे-काे ?


आइतबार, कार्तिक २८ २०७८
755
Shares

गोरखा । प्रेस सेन्टरकाे गण्डकी प्रदेश कमिटीमा गोरखाका ३ जना चयन भएका छन् । हिजाे शनिबार पाेखरामा सम्पन्न सेन्टरकाे दाेस्राे अधिवेशनबाट अध्यक्षमा स्याङ्जाका अर्जुन काफ्लेकाे नेतृत्वमा बनेकाे प्रदेश कमिटिमा गोरखाका ३ जना निर्विराेध चयन भएका हुन ।

जसमा प्रदेश कमिटिकाे सचिवमा दलित तर्फबाट गुणराज राेका चयन भएका छन् । राेका गोरखा स्थित रेडियाे मातृभुमीका स्टेशन मेनेजर हुन । त्यस्तै सदस्यहरुमा लिलाधर काेइराला र राजकुमार ढकाल चयन भएकाे प्रेस सेन्टर गोरखाले जनाएकाे छ । काेइराला गोरखाकाे अजिरकाेट गाउँपालिका घर भई हाल काठमाण्डाै बसेर गोरखा सन्देश नामक अनलाइन सञ्चालन गर्छन भने ढकाल गण्डकी मिडिया हाउससंग आवद्ध छन् । उनि आरुघाट गाउँपालिकाका स्थायी बासिन्दा हुन ।

नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुकाे छाता संगठनका रुपमा रहेकाे प्रेस सेन्टरले हिजाे काफ्लेकाे नेतृत्वमा ४१ सदस्यिय समिती चयन गरेकाे हाे ।

जसकाे बरिष्ठ उपाध्यक्षमा कास्कीका घनश्याम पाण्डेय, उपाध्यक्षमा राम थापा, समावेशी महिला उपाध्यक्षमा कमला केसी, प्रमुख सचिवमा म्याग्दीका सन्तोष गौतम, कोषाध्यक्षमा कास्कीका विश्वराज सुवेदी, खुला सचिवमा सुनिल पाण्डे, सुवास अम्गाईं, सविन जिसी, महिला सचिवमा सूशीला क्षेत्री, जनजाति सचिवमा बिनाकुमारी थापा निर्विरोध चयन भएका हुन्।.

समितिको अन्य खुला सदस्यहरुमा आश क्रोम्चे तमु, छत्कुल्ली, सन्दीप खत्री, सागर भण्डारी, प्रनिस गिरी, विमल आचार्य, रामजी आचार्य, दीपक आचार्य, सन्तोष परियार, लक्ष्मी पंगेनी, उत्तमबहादुर घर्ती, मुरारी शर्मा चयन भएका छन्।

त्यस्तै महिला सदस्यमा सविता शर्मा र सरिता खत्री, दलित सदस्यमा लक्ष्मी सुनार र खगेन्द्र विक तथा जनजाति सदस्यमा शर्मिला रोका मगर चयन भएका छन् । अधिवेशनकाे अर्थ मन्त्री जनार्दन शर्माले उद्घाटन गरेका थिए  ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार