• सोमबार, असोज ५ २०८३

प्रचण्डको सचिवालयमा हेरफेर, स्वकीय सचिवकाे जिम्मेवारी रमेश मल्ललाई


शनिबार, कार्तिक २७ २०७८
675
Shares

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालय हेरफेर गरेका छन्। प्रचण्डले स्वकीय सचिव, प्रेस संयोजक हेरफेर गरेका हुन्।

बिहीबारदेखि लागू हुनेगरी स्वकीय सचिवमा रमेश मल्ललाई नियुक्त गरिएको छ। यसअघि उनको सचिवालयमा रहेका जोखबहादुर महरालाई हटाइएको छ। महरालाई लुम्बिनी प्रदेश कमिटी सहइन्चार्ज बनाइएको छ।

प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री भएका बेला मल्ल सचिवालयमा थिए।

यस्तै, प्रचण्डको प्रेस संयोजक रहेका विष्णु सापकोटालाई पनि हटाइएको छ। उनलाई प्रेस संगठनकै काममा फर्काउने निर्णय गरिएकाे प्रचण्डकाे सचिवालयले जनाएकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार