गोरखा । नेपाल रेडक्रस सोसाइटी गोरखा जिल्ला शाखाको कार्यसमिती विघटन गरिएकाे छ । नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधान अनुसार २०७८ कात्तिक २३ गते सम्पन्न केन्द्रिय कार्यसमितिको ३८ औ वैठकले वैधानिक दायित्व पालन नगरेको भन्दै वर्तमान जिल्ला कार्यसमिति विघटन गरी नयाँ तदर्थ समिति गठन गरिएको बताइएकाे छ ।
जसमा गोरखा शाखाको नयाँ कार्य समितिको सभापतिमा यदुविलास भट्टराई चयन भएका छन् ।
समितिको उपसभापतिमा सिन्धुतिवारी उपाध्याय र भिमलाल श्रेष्ठ, मन्त्रीमा भिमसेन काजी बानिया, कोषाध्यक्षमा कुमार बानिया, उपमन्त्रीमा मिन बहादुर थापा, उपकोषाध्यक्षमा निधि प्रसाद तिमलसिना चयन भएका छन् ।
सदस्यहरुमा जिवन ज्योती कट्टेल, तारा देवी बस्नेत, कालिकिा पाण्डे, नन्दलाल बगाले, ज्ञानहरी अर्याल, सुजता गिरी, पुष्पा श्रेष्ठ र अनिता थापा चयन भएको नेपाल रेडक्रस सोसाइटी गोरखाले शाखाले जनाएको छ ।