• बिहिबार, साउन १४ २०८३

पार्टीको खातामा १ सय रुपैया जम्मा गर्न सदस्यलाई एमालेकाे उर्दी


बुधबार, कार्तिक २४ २०७८
725
Shares

नेकपा एमालेले पार्टीका सदस्यहरूलाई कम्तीमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको छ। बुधबार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको नेकपा एमाले १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै सदस्यहरूलाई कम्तीमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गर्ने निर्णय गरेको हो।

त्यसका लागि नेकपा एमालेले राष्ट्रिय वाणिज्य बैंक, टेकु शाखामा १७–००१००००११५९००१ नम्बरको चल्ती खाताको व्यवस्था गरेको छ। सोही खातामा सबै पार्टी सदस्यहरूले महाधिवेशनको खर्चका लागि मोबाइलमार्फत वा सो बैंकको खातामा कम्तीमा १०० रुपैयाँ पैसा जम्मा गर्न अपिल गरिएको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। 

एमालेले यसअघि नै पार्टीको महाधिवेशनमा चन्दा नउठाउने निर्णय गरिसकेको छ। प्रचार विभाग प्रमुख भट्टराईका अनुसार एमालेसँग हाल करिब ७ लाख ३० हजार पार्टी सदस्य छन्। उनीहरूबाट कम्तीमा १ सय रुपैयाँ उठाउँदा ७ करोड ३० लाख रुपैयाँ उठ्छ। त्यसले पार्टीको महाधिवेशनको खर्च पुर्‍याउन सकिन्छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार