काठमाडौँ– नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेसँगै देशभरका ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेको हो ।
प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता टुंगो लागेको बताए ।
२७-२९ मंसिरमा तोकिएको कांग्रेस महाधिवेशनको तयारीअन्तर्गत रौतहटमा क्रियाशील सदस्यतामा विवाद देखिएको थियो ।