• बिहिबार, साउन १४ २०८३

नेपाल परिवार दल गोरखाको अध्यक्षमा पुन: रविन्द्र थापा


मंगलबार, कार्तिक २३ २०७८
800
Shares

गोरखा । नेपाल परिवार दल गोरखाको जिल्ला अधिवेशन सम्पन्न भएको छ । गोरखा सदरमुकाममा मंगलबार सम्पन्न भएको जिल्ला अधिवेशनले पार्टीको जिल्ला अध्यक्षमा रविन्द्र थापालाई चयन गरेको छ ।

दलको उपाध्यक्षमा प्रेमबहादुर खड्का, सचिवमा प्रेम विश्व, कोषाध्यक्षमा शिवदेवी पोखरेल चयन भएका छन् ।

सदस्यहरुमा सुशील कुमाल, मनिस रोका, सरोज थापा, चित्रबहादुर कुमाल, कोपिला थापा चयन भएको नेपाल परिवार दल गोरखाले जनाएको छ ।

कार्यक्रममा नेपाल परिबार दलका गण्डकी प्रदेश संयोजक प्रकाशबाबु थापालगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार