• सोमबार, असोज ५ २०८३

एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा


मंगलबार, कार्तिक २३ २०७८
680
Shares

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

मंगलबार आयोजित एमाले अछामकाे साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै रावलले एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा गरेका हुन् । कार्यकर्ताको भावनाअनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको उनको भनाइ छ । 

उनले अनेक क्षतिबीच अघि बढेको एमालेलाई महाधिवेशनबाट बलियो र एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार