• बिहिबार, साउन १४ २०८३

तीन वटा प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त


मंगलबार, कार्तिक २३ २०७८
950
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन्। 

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार तीनवटै प्रदेशमा नयाँ प्रमुख नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

सुदूरपश्चिममा देवराज जोशी, कर्णालीमा तिलक परियार र प्रदेश १ मा परशुराम खापुङलाई प्रदेश प्रमुख बनाइएको छ। 

प्रदेश प्रमुखमा सत्तारुढ दलहरुले भागबण्डा गरेका हुन्। जसअनुसार सुदूरपश्चिममा नेपाली कांग्रेस, कर्णालीमा नेकपा माओवादी केन्द्र र प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ। 

सरकारले प्रदेश १ बाट एमालेका तत्कालीन नेता समेत रहेका सोमनाथ अधिकारी प्यासीलाई हटाएको हो।

त्यस्तै कर्णालीबाट गोविन्द प्रसाद कलौनीलाई हटाइएको हो। सुदूरपश्चिमबाट गंगाप्रसाद यादवलाई बिदा गरिएको छ। यी तीनैजनालाई तत्कालीन एमाले नेतृत्वको सरकारले प्रदेश प्रमुख बनाएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार