• सोमबार, असोज ५ २०८३

माओवादीको राष्ट्रिय सम्मेलन पुस दाेस्राे साता काठमाडौंमा हुने


मंगलबार, कार्तिक २३ २०७८
870
Shares

नेकपा (माओवादी केन्द्र)को आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ ।

मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो । 

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यस अघि नै गरिसकेको थियो । 

त्यसैगरी बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको पनि महराले बताए।

प्रदेश पदाधिकारीहरुको सम्बन्धमा भने पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेश भित्रका केन्द्रीय कमिटी सदस्यहरुसँग परामर्श गरेर टुंगो लगाउने निर्णय गरिएको प्रवक्ता कृष्णबहादुर महराले बताए। 

बैठकले पाँच दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय भएको पनि प्रवक्ता महराले बताए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार