• सोमबार, असोज ५ २०८३

गोरखामा बाबुरामलाई प्रश्न ‘एमसीसी पास गरे अमेरिकाले नेपाल खान्छ भन्छन्, के हो ?’


मंगलबार, कार्तिक २३ २०७८
740
Shares

गोरखा । जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले एमसीसी गलत नभएकाे बताएका छन् । चीन र भारतले एमसिसीबारे भ्रम छरेको आरोप लगाउदै डा. भट्टराईले यसले देशको विकासमा उल्लेख्य योगदान दिने दाबी गरे ।

पार्टीको सुज (पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन) अभियान लिएर गोरखा पुगेका भट्टराईले स्थानीयबासीसँग कुराकानी गर्दै नेपालको विकास नचाहने तत्वले एमसीसीबारे भ्रम छरेको आराेप समेत लगाएका छन्।

गोरखा गण्डकी गाउँपालिकाका ३ र ८ नम्बर वडा लगायतका जनताले एमसीसीबारे पनि भट्टराईलाई जिज्ञासा राखेका थिए । संसदमा उठेका एमसीसीबारे पक्षविपक्षका सवाल/जवाफलाई उदाहरण दिँदै उनीसँग गण्डकी गाउँपालिकाका जनताले ‘एमसीसी पास गरे देश खान्छ भन्छन् के हो ? भनेर सोधेका थिए ।

जवाफमा उनले भने, ’एमसीसी पास गरे यहाँ अमेरिकी सेना नेपाल आउँछ, नेपाल खान्छ भन्छन् । यी सबै भ्रम हुन्। के त्यस्तो भए, नेपाली सुरक्षाकर्मी के हेरेर बस्छ? हामी चुप लागेर बस्दैनौँ नि। अहिले त हामी सहयोग लिने हो, विकास र समृद्धिमा लाग्ने हो, अहिले कसैसँग निहुँ खोज्ने अवस्थामा हामी छैनौँ । पहिले हामी बलियो बन्ने हो अनि पो कसैले हेप्न सक्दैन। अहिले एउटाले सहयोग दिन लाग्दा अर्को देशले भ्रम छर्ने काम गरेको छ, यो गलत काम हो।’

पूर्वप्रधानमन्त्री समेत रहेका उनि सुज अभियान अन्तरगत गोरखामा २ हप्ते कार्यक्रम लिएर हिजाे साेमबार मात्रै गोरखा आएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार