तनहुँ । पूर्व मन्त्री गोविन्दराज जोशिले अवको चुनावमा आफनो टिकट आफै लिनुपर्ने बताएका छन् । जुन पार्टीले देश र समाजलाई निकास दिन सक्ने सामथ्र्य राख्दैन त्यस्तो पार्टीमा अवका यूवाहरु अटाउन नसक्ने उनले दावी गरे ।
सोमबार आफनै गाउँ तनहुँ रुपाकोट मानेचौकाको त्रिभुवन माविमा निर्मित २ कोठे ट्रष्ट भवनको उदघाटन गर्दै नेता जोशिले यो पालिको चुनावमा आफनो टिकट आफै लिने र आफनो समाज आफै बनाउने आफनो अभियानमा सरिक हुन सबैलाई आग्रह गरे ।

जब राजनितिक पार्टीको विचार र मुल्यको विचलन हुन्छ तब जनताहरु पनि विकल्प खोज्न शुरु गर्छन भन्दै उनले अब विकल्प खोज्ने बेला आएको औल्याए । आफु अबको संघिय चुनावमा तनहुँ क्षेत्र नं। १ बाट चुनाव लड्ने उदघोष गर्दै नेता जोशिले सबैलाई सहयोग गर्न आग्रह गरे । विगतामा आफुले पार्टीको नजरले नहेरी सबै जनतालाई सहयोग गरेको बताउँदै उनले अहिले पनि आफुलाई पुनः पार्टीको नजरले नहेरी सहयोग गर्न अपिल गरे ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सो २ कोठे ट्रष्ट भवन निर्माण गरिएको हो ।