सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २८ गते बस्ने भएको छ । केन्द्रीय कार्यसमितिको बैठक आउदो आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनकाअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।