• बिहिबार, साउन १४ २०८३

राजदूत नियुक्तिमा राजनीतिक भागबन्डा हैन साझा सूची बनाऔं: नारायणकाजी श्रेष्ठ


सोमबार, कार्तिक २२ २०७८
630
Shares

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजदूत सिफारिसमा कुनै पनि दलमा नलागेका देशभक्त र सक्षम व्यक्तिहरुलाई अवसर दिनुपर्ने बताएका छन् ।

पूर्व परराष्ट्रमन्त्रीसमेत भएका श्रेष्ठले कम्तीमा राजदूत नियुक्ति गर्दा पार्टीहरुको भागबन्डाभन्दा पनि छुट्टै साझा सूची बनाउन सुझाव दिएका हुन् ।

‘पार्टीहरुले भागबन्डा गर्दा कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान व्यक्तिहरुले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्छ। त्यो देश र व्यक्ति दुवैका लागि अन्याय हुन्छ’,उनले भने ।

आइतबार सामाजिक सञ्‍जाल ट्विटरमा लेख्दै श्रेष्ठले सरकार नै पिच्छे नियुक्त गरिएका राजदूत फिर्ता बोलाउनु राम्रो नभएको बताएका छन् ।

‘संविधान ,कानून र लोकतान्त्रिक मूल्यमान्यता विपरित नियुक्ति गरिएका, असक्षम र व्यवहारबाट नेपाल सरकारको प्रतिनिधित्व नगर्ने पुष्टी भएका राजदुतहरुलाई मात्र फिर्ता बोलाउनु पर्दछ ,सबैलाई  एकमुष्टरुपमा होइन ।’ उनले भने

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार