• बिहिबार, साउन १४ २०८३

वडा अधिवेशन गर्न बाँकी १३ जिल्लाका लागि कांग्रेसले तोक्यो निर्वाचन अधिकृत


सोमबार, कार्तिक २२ २०७८
655
Shares

आफ्नो १४औं महाधिवेशनअन्तर्गत नेपाली कांग्रेसले वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा यही कात्तिक २७ गते वडा अधिवेशन गर्दै छ।

क्रियाशील सदस्यता विवादका कारण देशभर अन्य वडामा अविधेशन सकिए पनि प्रदेश नम्बर २ का आठै जिल्ला, कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा वडा अधिवेशन गर्न बाँकी बसेको हो। 

ती जिल्लामा यही कात्तिक २७ गते वडा अधिवेशन गर्न निर्वाचिन अधिकृत तोकिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। 

उसका अनुसार प्रदेश २ का जिल्लाहरू पर्सामा नरेन्द्र केसी, बारामा ज्ञानेन्द्रपसाद अधिकारी, रौतहटमा दीपकराज गिरी, सर्लाहीमा विनोद कार्की, महोत्तरीमा इन्द्र अधिकारी, धनुषामा अरुण ज्ञवाली, सप्तरीमा डा. रुद्र शर्मा र सिराहामा सन्जीव लामालाई निर्वाचन अधिकृतकाे जिम्मेवारी दिइएकाे हाे। 

यसैगरी कैलालीमा टेकप्रसाद सुवेदी, बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमनकुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठलाई निर्वाचन अधिकृत बनाइएकाे कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

उनीहरू आज कात्तिक २२ सम्म तोकिएका जिल्लामा पुगिसक्ने जनाइएकाे छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार