जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पार्टीको संगठन सुदृढीकरण तथा जनपरिचालन (सुज) अभियानका लागि आज सोमबार गृहजिल्ला गोरखा आउँदै छन्।
कात्तिक २२ अर्थात आजदेखि मंसिर ३ गतेसम्म सुज अभियान सञ्चालन गरिने जसपा जिल्ला कार्यसमिति गोरखाले जानकारी दिएको छ। अभियान गोरखाका दुई नगरपालिकासहित सबै गाउँपालिकामा सञ्चालन हुने बताइएको छ।
साेही अभियानमा सहभागी हुन पार्टीका संघीय परिषद अध्यक्ष डा. भट्टराई आज गोरखा आएका हुन ।
सुज अभियान अन्तरगत कहाँ कहिले छ कार्यक्रम?
–सोमबार कात्तिक २२ मा घ्यालचोक, दर्बुङफाँट, ढाबे र फुजेल
– २३ गते घैरुङ, नामजुङ र बोर्लाङमा कार्यक्रम हुनेछ।
–कात्तिक २४ मा बालुवा, थुमी र मान्बु
– २५ गते लिदिङ, लापुबेंसी, खानीबेसी र माछिखोला .
– २६ गते लप्सिबोट, यामागाउँ, गुम्दा र लाप्राक
–कात्तिक २७ गते लाप्राकबाट वारपाक जाने र त्यहीँ कार्यक्रम हुने
– २८ गते बारपाक, सौरपानी, स्वाँरा र देउराली
– २९ गते सातदोबाटो, बगुवा, ताप्ले र नारेश्वर
–कात्तिक ३० गते सिरान्चोक, छेपेटार र पालुङटार
– मंसिर १ गते दूधपोखरी, मुर्गे, पाडेबारी, ओख्रेनी, सिचौर, केराबारी
–मंसिर २ गते भिरसिङ, धारापानी, भच्चेक, सिरानडाँडा र मुच्चोक
– मंसिर ३ गते झ्याल्लाको कार्यक्रमपछि बालुवामा स्वास्थ्य शिविर कार्यक्रम