• बिहिबार, साउन १४ २०८३

काँग्रेस केन्द्रीय समिति बैठक कात्तिक २८ गतेका लागि बोलायो


आइतबार, कार्तिक २१ २०७८
980
Shares


नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेसले कात्तिक २८ गतेका लागि पार्टी कार्यालय सानेपामा बैठक आह्वान गरेको हो ।

काँग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले अर्को साताको आइतवार दिउँसो १ बजेका लागि बैठक बोलाइएको बताए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ ।

बैठकमा पार्टीको आसन्न महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुने बताइएको छ । काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर अन्तिममा तय भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार