जुवा खेलिरहेको अवस्थामा प्रहरीले एकजना वडाअध्यक्षसहित पाँचजनालाई रुकुम पश्चिमबाट पक्राउ गरेको छ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३ का वडाअध्यक्ष दीपक केसीसहित पाँचजनालाई बिहीबार राती ११ बजे पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार उनीहरुलाई मुसिकोट नगरपालिका-१ मठबाट पक्राउ गरिएको हो।
जिप्रकाका सूचना अधिकारी प्रहरी निरिक्षक कपिलजंग शाहीका अनुसार पक्राउ पर्नेमा वडाध्यक्ष, घरधनी उत्तम खड्का, कमल बूढा, राजाराम वली र युगल पुन छन्।
प्रहरी टोलीले जुवा खालबाट ३२ थान कौडा, १ थान गलैँचा र एक लाख आठ हजार दुई सय ९० रुपैयाँ बरामद गरेको प्रहरी निरीक्षक शाहीले बताए।