गोरखा । नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति गोरखाले बिपत तथा कोभिड–१९ कार्यक्रम सम्बन्धी सरोकारवालाहरु सँग छलफल गरेको छ ।

आइतबार सदरमुकाममा भएको छलफल कार्यक्रममा जिल्ला भित्रका बिभिन्न स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाले जनाएको छ ।
छलफलमा सहभागीहरुलाई रेडक्रस गोरखाले आर्थिक बर्ष २०७७/०७८ मा विपतमा गरेको गतिबिधिहरुको बारेमा जानकारी गराएको थियो ।
यस्तै चालु आर्थिक बर्षमा रेडक्रसले गर्ने कार्यक्रम तथा योजनाका बारेमा पनि सरोकारवालाहरुसंग छलफल गरिएको शाखाले जनाएको छ ।

कार्यक्रममा सहभागीहरुलाई स्वास्थ्य शाखा गोरखाका नारायण अर्यालले जिल्लामा कोरोनाको अबस्थाबारे जानकारी समेत गराएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका सुकदेव तामाङ, नेकपा एकिकृत समाजबादीका गोरखाका अध्यक्ष यादव बस्नेत लगायतले मन्तव्य राखेका थिए ।
रेडक्रस गोरखाका सभापति भगवानबाबु मास्केको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धार्चे गाउँपालिकाकी उपप्रमुख फुृलमाया गुरुङ, बारपाक सुलिकोट गाउँपालिकाकी उपप्रमुख सनमाया गुरुङ, गोरखा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मी लगायतको सहभागिता रहेको थियो ।
