• बुधबार, असोज ७ २०८३

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसंघको माग


आइतबार, कार्तिक १४ २०७८
680
Shares


सत्तारूढ नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आइतबार विज्ञप्ति जारी गर्दै पेट्रोलिय पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल खारेज नगरिए यो निर्णयको विरुद्धमा कडा प्रतिवाद गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

नेपाल आयल निगमको बेथिती, भ्रष्टाचार र अनियमितता नियन्त्रण हुनुपर्ने पनि नेविसंघको माग छ।

आयल निगमले पछिल्लोपटक खाना पकाउने ग्यासमा ५० रूपैयाँ र पेट्रोल, डिजेल तथा मट्टीतेलमा ३ रूपैयाँका दरले मूल्यवृद्धि गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार