• बुधबार, असोज ७ २०८३

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च परिसरमा कालोपट्टी बाँधेर प्रदर्शन


आइतबार, कार्तिक १४ २०७८
950
Shares


नेपाल बार एसोसिएसनले विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आइतबार सर्वोच्च अदालत परिसरमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

‘न्यायालयको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ लेखिएको ब्यानर बोकेर केही बरिष्ठ अधिवक्तासहित वकिलहरू धर्नामा बसेका हुन्।

बारले विरोध कार्यक्रम कात्तिक १७ गतेसम्म जारी रहने जनाएको छ।

प्रधानन्यायाधीश जबराले भने आज पनि इजलास तोकेका छन्। विवादमा मुछिएका उनले निकास दिनु पर्ने भन्दै गत सर्वोच्चका अरू न्यायाधीशहरूले इजलासमा बस्न इन्कार गरेका थिए।

मन्त्रिपरिषद्मा भागबन्डा खोजेको, न्यायालय सुधारमा अवरोध गरेकोलगायत विषयमा अहिले प्रधानन्यायाधीश जबराको आलोचना भइरहेको छ। सर्वोच्चमा उनीबाहेक सबै न्यायाधीश एकातिर भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार