• बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्रीसँग कुनै असझदारी छैन : गृहमन्त्री खाँण


शनिबार, कार्तिक १३ २०७८
660
Shares


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नो कुनै असमझदारी नभएको बताएका छन् ।

काठमाडौंका प्रहरी प्रमुखमा एसएसपी सुदीप गिरीलाई ल्याउने र अशोक सिंहलाई भैरहवा विमानस्थलमा काजमा खटाउने गृहमन्त्रीको निर्णयलाई प्रधानमन्त्री देउवाले रोकेका थिए ।

शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री खाँणले प्रधानमन्त्रीसँग आफ्नो कुनै असमझदारी नरहेको स्पष्टीकरण दिएका हुन् । आफूले प्रधानमन्त्रीसँग परामर्श गरेर नै काम गरिहेकोे समेत उनले बताएका छन् ।

खाँणले प्रहरीमा एआईजीको दरबन्दी थप लगायतका विषयमा छलफल भइरहेको समेत बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार