• बुधबार, असोज ७ २०८३

परमादेशको माग गर्दै १५ न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट


शुक्रबार, कार्तिक १२ २०७८
765
Shares


काठमाडौं । १५ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ ।

न्यायाधीशहरुले इजलासमा सहभागी नहुँदा न्याय प्रभावित भएकाले न्यायमा असर पर्नेगरी कार्य नगर्न/नगराउन माग गर्दै तीनवटा रिट आएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

रिट दर्ता प्रक्रियामा रहेको उनले बताए । स्वागत नेपाल, कृष्ण प्रसाईंलगायत अधिवक्ताहरुले लिएर गएको रिटमा न्यायाधीशहरु इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ नहुँदा न्यायको हक उल्लंघन भएको भन्दै पेशी सूचीमा रहेका मुद्दा हेर्न परमादेश जारी गर्न माग गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार