• बिहिबार, साउन १४ २०८३

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाणलाई


शुक्रबार, कार्तिक १२ २०७८
890
Shares


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाणलाई दिएका छन्।

गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता खाणलाई प्रधानमन्त्री देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्।

प्रधानमन्त्री देउवा आज बेलायत जाँदैछन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा कात्तिक १८ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री वा सिनियर मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्री दिने चलन छ।

यसपालि प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री नै नियुक्त गरेका छैनन्।

मन्त्रिपरिषदमा प्रधानमन्त्री देउवापछि बरियताक्रममा गृहमन्त्री खाणलाई राखिएकोले उनलाई नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मा दिइएको हो।

गृहमन्त्री खाणको सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खाणलाई दिएका छन् र त्यसबारे जानकारीको पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ।

साथै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गृहमन्त्री खाणले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार