गोरखा । नेपाली कांग्रेस गोरखाले दशैं, तिहार, नेपाल सम्वत, छठ लगायतका पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेको छ ।

बिहिवार तिनधारेस्थित जिल्ला पार्टी कार्यालयमा जिल्लास्थित विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधी, विभिन्न संघसस्थाका प्रतिनिधी, कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागीतामा कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले अन्य पार्टीका नेतृत्वसँग पनि समझदारी गरेर अघि बढ्ने बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ, कमला पन्त, प्रदेश सांसद प्रकाशचन्द्र दवाडी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पालिका स्तरीय समितिका सभापतिहरु, जिल्लाका बिभिन्न तहका नेता कार्यकर्ता, अन्य राजनीतिक दलका नेता, कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।
